• Trending News

    आजको अखबारः भाडाका कुर्सीमा प्रदेशसभा बैठक

    Image result for nepali politics news२१ माघ, काठमाडौं । आइतबारका पत्रिकाहरुमा प्रदेश २, ५, ६ र ७ को पहिलो प्रदेशसभा बैठकको समाचारले प्राथमिकता पाएका छन् । सबैजसो पत्रिकाहरुले फरक–फरक कोणबाट प्रदेश सभा बैठकको समाचार कभर गरेका छन् ।
    कान्तिपुर दैनिकले प्रदेश सांसदहरुको सृद्धिको साझा सपना रहेको उल्लेख गरेको छ । तर बैठकको व्यवस्थापन भने भद्रगोल छ । अन्नपूर्ण पोष्ट दैनिकले कुर्सी भाडामा लिएर गर्जो टारिएको समाचारलाई प्रमुख स्थान दिएको छ ।

    भाडाका कुर्सीमा प्रदेशसभा बैठक
    अन्नपूर्ण पाेस्ट दैनिकले प्रदेशसभा बैठकका लागि सबै प्रदेशमा जेनतेन सभाहलको तयारी पूरा भए पनि अन्य कुनै पनि संरचना तयार नभएको समाचार लेखेको छ ।
    प्रदेश ७ मा प्रदेशसभा बैठकका लागि ५४ वटा कुर्सी भाडामा ल्याएर गर्जो टारिएको छ भने प्रदेश २ मा शनिबार रातभर लगाएर हल तयार पारिएको छ । पहिलो बैठक सञ्चालन हुने जनकपुरको शैक्षिक तालिम केन्द्र भवनलाई रंगरोगन गरी व्यवस्थित बनाइएको छ ।
    हलमा कुर्सी र डेस्क, साउन्ड सिस्टम, लाइटिङको काम सक्न रातभर कर्मचारी खटाइएको सहरी सडक विकास तथा भवन निर्माण प्रमुख गंगा यादवले बताएका छन् ।प्रदेश १ को पहिलो प्रदेशसभा अधिवेशन हुने जिसस भवनमा अवस्थित सभाहलमा शनिबार कुर्सी मिलाएर राखिएको छ । हरियो रङका कुर्सीमा सेतो कभर लगाइएको छ ।पंखा, एसी र साउन्ड सिस्टम जडान गरिएको छ । सुरक्षालगायत सबै प्रबन्ध मिलाउने काम पूरा भएको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले बताएका छन् ।
    संसद् सचिवालय सिंहदरबारका सचिवज्यू पनि आइसक्नुभएको छ’, उनले भने, ‘प्राविधिक तयारीसमेत लगभग पूरा भएको छ ।’ उनका अनुसार पहिलो अधिवेशनको लाइभ भिडियो सर्वसाधारणले हेर्न पाऊन् भनेर जिसस भवनबाहिर
    टीभी जडान गर्ने तयारी छ । प्रदेश ५ को प्रदेशसभास्थल बुटवल खयरघारीस्थित उद्योग वाणिज्य संघको सभाहललाई संसद् बैठकका लागि सजाइएको छ । बैठक कक्षभित्र अडियो, भिडियो रेकर्ड गर्ने कन्ट्रोल रुम, मर्यादापालक, पत्रकार र आमन्त्रित व्यक्ति बस्ने स्थान छुट्टाछुट्टै व्यवस्था गरिएको छ ।
    अस्थायी राजधानीका संरचनामा जथाभावी खर्च
    कारोबार दैनिकले प्रदेशका अस्थायी राजधानीमा मन्त्रालयलगायत अत्यावश्यकीय सरकारी कार्यालयको सजावट तथा रंगरोगन र व्यवस्थापनमा जथाावी खर्च भइरहेको समाचार छापेको छ ।
    प्रदेशसभा, मन्त्रालय तथा सरकारी अधिकारीको निवासको लागि अस्थायी रजाधानी तोकिएका विराटनगर, पोखरा, हेटौंडा, बुटवल, धनगढी, जनकपुर र सुर्खेतस्थित केही सरकारी कार्यालय सजावत तथा रंगरोगनको काम तीव्रताका साथ गरिएको छ ।
    प्रादेशिक सरकारी कार्यालयहरु व्यवस्थापन गर्ने काम हतराकासाथ गर्दा खर्चमा मितव्ययिता नभएको स्थानीय सरोकारवालाले बताएको कारोबारमा समाचार छ ।
    onlinekhabar

    No comments

    Like Us