विश्वकप क्रिकेट छनोट खेलका लागि नेपाली टोली घोषणा, ललितको डेब्यू

स्पिनर ललित नारायण राजवंशीले राष्ट्रिय टोलीमा डेब्यू गरेका छन् । यसअघि डिभिजन टु मा उनी वैकल्पिक खेलाडीको रुपमा थिए । यस्तै विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीलाई भने वैकल्पिक खेलाडीमा राखिएको छ ।
मार्च १ देखि १५ सम्म जिम्बाब्बेमा विश्वकप छनोट खेल हुनेछ । नेपाल समूह ‘बी’ मा रहेको छ । यो समूहमा नेपालसहित आयोजक जिम्बाबे, अफगानिस्तान, स्कटल्याण्ड र हङकङ छन् । नेपालले पहिलो खेल मार्च ४ मा आयोजक जिम्बाबेसँग खेल्ने छ । ८ मार्चमा स्कटल्याण्डसँग, १० मार्चमा अफगानिस्तानसँग र १२ मार्चमा हङकङसँग नेपाल खेल्ने छ । प्रतियोगिताअघि नेपालले फेब्रुअरी २७ मा युएई तथा मार्च १ मा हङकङसँग अभ्यास खेल खेल्नेछ ।
छनोटको विजेता र उपविजेता दुई टोलीले सन् २०१९ मा इंग्ल्यान्ड र वेल्समा हुने विश्वकप खेलमा प्रतिस्पर्धा गर्न पाउने छन् ।
Onlinekhabar
No comments