• Trending News

    खानेपानीको धाराबाट रगत आउन थाल्यो !

     बनेपा । तीन दिन भयो बनेपामा खोनपानी संस्थानले वितरण गर्ने पानीको धारामा रगत आउन थालेको छ ।

    बनेपा-८ र ९ स्थित दक्षु टोल, कसाई टोल र पुरानो बजारमा वितरण भएको पानीमा लगातार रगत र गनाउने ढल आउन थालेको हो ।
    खानेपानीको धारामा रगत र ढल आउन थालेपछि स्थानीयबासीले मंगलबार बनेपा नगरपालिका पुगेर उजुरी नै गरेका छन् । ‘हामीले पिउने पानीमा कि ढल आउँछ कि आउँछ’ बनेपा ९ कि लक्ष्मी प्रजापतिले भनिन् ।
    दक्षु टोलका कृष्णबहादुर शाहीले खानेपानी संस्थान र नगरपालिका जिम्मेवार नबनेको गुनासो गरेका छन्
    कसरी आयो धारामा रगत ?
    बोतलमा भरेर रगत मिसिएको पानी बोकेर स्थानीयबासी नगरपालिकामै पुगेपछि कसरी यस्तो भयो भन्ने खोजी सुरु भएको छ ।
    खानेपानी संस्थानले व्यवस्थापन गरेको पानी र नगरपालिकाले व्यवस्थापन गरेको ढलको मंगल एउटै स्थानमा रहेछ ।
    बनेपाको बधशालाबाट आउने ढलमा रगतैरगत हुन्छ । त्यो हल खानेपानीको च्याम्बरमा आएपछि मिसिँदा उपभोत्ताको घरघरमा जोडिएको धारामा पनि रगत मिसिएको पानी आउने गरेको हो ।
    बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह वादेले समस्या समस्या जटिल र गम्भीर भएकाले केही दिनमा समधान गरिने बताए ।
    स्था
    नीयबासी रगत सिमिएको पानीको बोतल बोकेर आएपछि उनी पानी र ढल मिसिएको स्थानमा पुगेर अवलोकन गरका थिए । गल्ती भएको स्वीकार गर्दै उनले भने, ‘कमीकमजोरी सच्याएर हामी अघि बढ्छौं ।’

    No comments

    Like Us