• Trending News

    गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए

    काठमाडौं । गुन्डा नाइके मनोज पुनसहित दुई जना प्रहरी इन्काउन्टरमा मारिएका छन् । रुपन्देहीको देवदहमा पुनसँगै उनका सहयोगी सोम आले पनि मारिएका छन् ।
    सोम आले मनोज पुनका सहयोगी हुन् ।

    एसएसपी दीपक थापाका अनुसार उनीहरु नेपाल आएको सीआईबी र नेपाल प्रहरीको संयुक्त टोलीले पत्ता लगाएपछि सर्च अभियान चलाएको थियो । सोक्रममा देवदह नगरपालिका ४ भवानीपुरमा प्रहरीसँग जम्काभेट भएको थियो । त्यसपछि पक्राउ गर्ने क्रममा प्रहरीलाई आक्रमण गर्दै भाग्न खोजेपछि जवाफी कारबाहीमा मारिएको थापाले जानकारी दिए ।
    घटनास्थलमा गोली लागेर घाइते भएका दुबै जनालाई तत्काल उपचारको लागि लुम्विनी अञ्चल अस्पताल बुटवलमा लगिएको थियो । उनीहरुको त्यहीँ बुधबार बिहान मृत्यु भएको हो ।
    कुख्यात गुण्डा नाइके मनोज पुन प्रहरीको मोस्टवान्टेड सूचीमा थिए । उनले युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको जिम्मा लिएका थिए । साथै निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा पनि उनकै संलग्नता रहेको बताइन्छ ।
    oninekhabar

    No comments

    Like Us