• Trending News

    नेपालका युवा वैज्ञानिकले एसरी पाए रजत पदक!!!

    २६ मंसिर, काठमाडौं । नेपालका युवा वैज्ञानिकहरुले इन्जिनियरिङ विधामा रजत पदक हात पारेका छन् ।
    थाइल्याण्डमा आयोजित सातौं एशिया प्रशान्त क्षेत्रको युवा वैज्ञानिक सम्मेलनमा नेपालका बृहस्पति विद्या सदनमा अध्ययनरत इन्जिनियरिङ विधाका राजेश श्रेष्ठ, सुजल राजभण्डारी र कृष्ण पोदारले रजत पदक हात पारेका हुन ।
    ‘नेत्रहीनका लागि आविष्कार’ भन्ने नारासहितको प्रस्तुतिले उनीहरुलाई रजत पदक दिलाएको हो ।
    प्रतियोगिताले आफूहरुलाई उचित वातावरण भए ज्ञान, विज्ञानको क्षेत्रमा ठूल्ठूला आविष्कार गर्न सक्ने महशुस गराएको रजत पदक विजेता टोली नेता राजेश श्रेष्ठले बताए । सम्मेलनमा नेपालका तर्फबाट तीनवटा प्रस्तुति रहेको थियो ।
    रजत पदक जितेर बुधबार अपरान्ह स्वदेश फर्किएका युवा वैज्ञानिकहरुको टोलीलाई बृहस्पति विद्या सदनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्मानसहित स्वागत गरेको छ ।

    No comments

    Like Us