वायुसेवा निगमले आन्तरिकतर्फ पनि थाल्यो अनलाइन टिकट बुकिङ
१ पुस काठमाडौं । नेपाल वायुसेवा निगमले आन्तरिकतर्फको हवाई सेवामा पनि अनलाइन बुकिङ सेवा सुरु गरेको छ । निगमले गतवर्षबाटै अन्तर्राष्ट्रियतर्फको हवाई सेवामा अनलाइन बुकिङ थालेको थियो ।
निगमका प्रवक्ता अशोक सिग्देलले आन्तरिक सेवाको पनि अनलाइन बुकिङको सफ्ट लञ्च भएको जानकारी दिए । उनका अनुसार अब घरमै बसेर वायुसेवा निगमको सेवाका लागि घरमै बसेर यात्रुले टिकट काट्न पाउनेछन् ।
यसअघि यात्रुले नेपाल एयरलाइन्सको कार्यालयमै पुगेर टिकट काट्नुपर्ने बाध्यता थियो । ‘सेवा सुरु गरेको ६० वर्षपछि हामीले आन्तरितर्फ पनि अनलाइन बुकिङ सेवा सुरु गर्यौं,’ सिग्देलले भने,’यसले हाम्रो बजार विस्तार गर्न सहयोग पुग्नेछ ।’
यो सेवा सुरु भएपछि निगमलाई अन्य हवाई कम्पनीसँग प्रतिस्पर्धा पनि सहज हुनेछ । निगमले अहिले विभिन्न आन्तरिक हवाई गन्तब्यमा उडान भरिरहेको छ ।
निजी क्षेत्रका कम्पनी सुगम क्षत्रेमा केन्दि्रत भएपनि निगमले दुर्गम क्षत्रेमा हवाई उडान गरिरहेको छ। निगमले अहिले ट्वीनटर, चिनियाँ एमए ६० र वाई १२ ई विमानबाट आन्तरिहक हवाई सेवा दिँदै आएको छ ।
निजी क्षेत्रका कम्पनी सुगम क्षत्रेमा केन्दि्रत भएपनि निगमले दुर्गम क्षत्रेमा हवाई उडान गरिरहेको छ। निगमले अहिले ट्वीनटर, चिनियाँ एमए ६० र वाई १२ ई विमानबाट आन्तरिहक हवाई सेवा दिँदै आएको छ ।
निगमका एक अधिकारीका अनुसार अब निगमको आधिकारिक वेबसाइट वा भुक्तानी सेवा प्रदायक ई-सेवा लगायतबाट पनि हवाई टिकट बुक गर्न सकिनेछ ।
ईसेवा लगायतमा निगमको आन्तरिक सेवाको टिकट बुकिङको मेनु आउन अझै एक-दुई दिन भने लाग्ने ती अधिकारीले बताए ।
ईसेवा लगायतमा निगमको आन्तरिक सेवाको टिकट बुकिङको मेनु आउन अझै एक-दुई दिन भने लाग्ने ती अधिकारीले बताए ।
online khabar
No comments