सिरियामा अमेरिकाले सुरु गर्यो मिसाइल आक्रमण

सिरियाको विद्रोही नियन्त्रित क्षेत्रमा भएको रसायनिक आक्रमणको जवाफमा अमेरिकाले सिरियाली सेनाविरुद्ध आक्रमण गरेको हो ।
सिरियामा आक्रमण गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणालगत्तै राजधानी दमास्कस वरपर विष्फोटका ठूला आवाज सुनिएका छन् । अमेरिकी अधिकारीहरुले यस सैन्य कारवाहीमा लडाकू विमान र युद्धपोतको समेत प्रयोग गरिएको जानकारी दिएका छन् ।
गत हप्ता सिरियाको विद्रोही नियन्त्रित क्षेत्र डुमामा रसायनिक हमला भएको थियो जसबाट महिला र बालबालिका बढी प्रभावित भएका थिए । यसको विश्वभर कडा आलोचना भएको थियो । अमेरिकाले यस केमिकल आक्रमणमा रुस, इरान र सिरिया सरकारको हात रहेको आरोप लगाउँदै आएको छ ।
रुसले सिरिया सरकारलाई र अमेरिकाले विद्रोहीलाई साथ दिँदै आएको छ । रुसले अमेरिकी मिसाइललाई आकाशमै ध्वस्त पार्ने चेतावनी दिएको छ ।
२०७५ वैशाख १ गते ८:१४ मा प्रकाशित
oNLINEKHABAR
No comments