• Trending News

    पृथ्वीमा खस्दैछ चीनको स्पेस स्टेशन, तर कहाँ ?

    चीनको ‘स्पेस स्टेशन’का अवशेष चाँडै पृथ्वीमा खस्ने बैज्ञानिकहरुले बताएका छन् । वैज्ञानिकहरुले स्पेस स्टेशन पृथ्वीको कतातिर खस्छ भनेर निगरानी बढाइरहेका छन् ।
    द तियाँगोंग-१ चीनको महत्वकांक्षी अन्तरीक्ष कार्यक्रमको हिस्सा हो । यसलाई सन २०२२ मा अन्तरीक्षमा मानव स्टेशन स्थापित गर्ने लक्ष्यको पहिलो हिस्सा मानिएको थियो ।
    सन २०११ मा अन्तरीक्षमा पठाइएको उक्त स्टेशनले पाँच वर्षसम्म राम्रै काम गरेको थियो । पाँच वर्षमा काम गरेपछि पृथ्वीमा झर्ने अनुमान गरिएको थियो । अहिले कहाँ कुन समयमा झर्ने हो पत्ता लगाउन मुस्किल भएको छ किनकी अहिले यो यन्त्र नियन्त्रण बाहिर छ ।
    एक अनुमानअनुसार ३० मार्चदेखि दुई अप्रिलसम्म यो यन्त्र जमीनमा झर्न सक्छ । धेरै स्पेस स्टेशन अन्तरीक्षमै जलेर नष्ट हुन्छन् ।
    कहाँ झर्छ ?
    चीनले सन २०१६ मा द तियाँगोंग-१ सम्पर्कविहीन भएको र नियन्त्रण बाहिर गएको पुष्टि गरेको थियो । द युरोपियन स्पेस एजेन्सीको भनाइअनुसार यो क्रमशः पृथ्वीको नजिक आउँदै छ ।
    द अष्ट्रेलियन सेन्टर फर स्पेस इन्जिनियरिङ रिसर्चका उपनिर्देशक डा एलियास अबाउटेनियसले बीबीसीसँग कुरा गर्दै भनेका छन्, ‘जब यो पृथ्वीको १०० किलोमिटर नजिक आउँछ, गर्मी चढ्दै जान्छ र धेरैजसो स्पेस स्टेशन जलेर नष्ट हुन्छ ।’
    यो स्पेस स्टेशनको बारेमा चीनले केही जानकारी नदिएकाले स्वरुपको बारेमा पनि धेरैलाई जानकारी छैन ।
    चिन्तित हुन जरुरी छैन
    विभिन्न अनुसन्धान अनुसार वातावरणमा गुज्रिँदा ८.६ टनको अधिकांश हिस्सा आफै नष्ट भएर जान्छ । इन्धन ट्याङ्की र रकेट इन्जिन पुरै नजल्न पनि सक्छ र, बचेका टुक्राहरु पृथ्वीमा खस्छन् ।
    तर त्यसले पनि त्यति धेरै हानी नपुर्‍याउने विभिन्न वैज्ञानिकले बताएका छन् । बाँकी बचेका टुक्रा चट्याङको शैलीमा खस्ने भन्दै वैज्ञानिकले त्यसबाट मानवीय क्षतिको सम्भावना कम हुने बताएका छन् ।
    द यूरोपियन स्पेस एजेन्सीका प्रमुख होलगर क्रेगले भने, ‘मेरो अनुमानअनुसार यसबाट क्षतिको आशंका चट्याङ् जत्तिकै हुन्छ । चट्याङ पर्दा क्षतिको आशंका निकै कम हुन्छ ।’
    के सबै पृथ्वीमा खस्छ ?
    डा. एलियाश भन्छन् धेरै अवशेष पृथ्वीतर्फ आउँछन् र यी समुद्रमा वा आवादी इलाका भन्दा माथि नै जलेर खरानी हुन्छन् ।
    स्पेश स्टेशन र क्राफ्टबीच सन्चार कायम भयो भने यसलाई चाहेको ठाउँमा खसाल्न सकिन्छ ।
    यसलाई दक्षिण प्रशान्त महासागरमा अस्ट्रेलिया, न्यूजील्याण्ड र दक्षिण अमेरिकाको बीचमा खसालिन्छ । १५ सय वर्ग किलोमिटरको यो क्षेत्रलाई स्पेस क्राफ्ट र स्याटलाइटको मसानघाट पनि भनिन्छ ।
    Onlinekhabar

    No comments

    Like Us