विधानसभा मतगणनाको प्रारम्भिक रुझानः तीनै राज्यमा बीजेपीलाई चुनौती

टाइम्स अफ इन्डियाका अनुसार, मेघालयको ६० सिटमध्ये ४५ सिटमा भइरहेको पछिल्लो गणनामा आईएनसीले २० सिटमा अग्रता लिएको छ । एनपीपीले १६ स्थानमा लिड गरिरहँदा बिजेपीका उम्मेदवारले मात्रै ५ स्थानमा अग्रता कायम गरिरहेका छन् ।
नागाल्यान्डमा नागा पिपुल्स फ्रन्ट (एनपीएफ) नेतृत्वको गठबन्धनलाई अग्रता मिलेको छ । एनपीएफ गठबन्धनले २९ सिटमा लिड गरिरहँदा बिजेपी–एनडीपीपी गठबन्धनले २३ मा अग्रता बनाइरहेको छ । टाइम्स अफ इन्डियाका अनुसार नागाल्यान्डमा आईएनसी र अन्य पार्टीले २–२ स्थानमा अगुवाइ गरिरहेका छन् ।
त्रिपुरा राज्यमा सीपीएमको सुरुवाती अग्रतालाई भत्काउँदै बीजेपी अगाडि लागेको छ । बीजेपीले २८ स्थानमा अग्रता बनाउँदा सीपीएमका २६ उम्मेदवारले लिड गरिरहेका छन् ।
पूर्वी भारतको यी तीन राज्यमध्ये मेघालय र नगालैंडमा गत २७ फेब्रुअरीमा निर्वाचन भएको थियो भने त्रिपुरामा १८ फेब्रुअरीमा मतदान भएको थियो । तीन राज्यका कूल १ सय ८० सिटका लागि भएको निर्वाचनमा ८ सय ५७ उम्मेदवार मैदानमा उत्रिएका थिए ।
oNLINEKHABAR
No comments