घरेलु उद्योगका प्रमुख कर्ण २ लाख घुससहित रंगेहात पक्राउ

मानव अधिकार तथा वातावरण विकास केन्द्र (होरेन्डेक) लहानका एक कर्मचारीबाट लिएको दुई लाख रुपैयाँ घुससहित प्रमुख कर्ण पक्राउ परेको अख्तियार कार्यालय इटहरीका एसपी किसन सिंह थापाले जानकारी दिए ।
होरेन्डेकलाई गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम दिएको छ । होरेन्डेकका एक कर्मचारीले भने, ‘कार्यक्रमका लागि घरेलुले ६० लाख बजेट छुट्याएको छ । तत्काल २० प्रतिशत रकम निकासा दिएपछि प्रमुख कर्णले कमिसन माग्दै आएका थिए ।’ कर्णले कुल बजेटको १० प्रतिशत कमिसन मागेपछि अख्तियारलाई खबर गरिएको थियो ।
कर्णले आफुले कुनै रकम नमागेको र आफूलाई फसाएको प्रतिक्रिया दिएका छन् । ६ वर्षदेखि घरेलुमा काम गरेका कर्णले आफू निर्दोष रहेको दाबी गरेका छन् ।
Onlinekhabar
No comments