• Trending News

    ४५ लाख धरौटीमा छुटे चुडामणि शर्मा

    काठमाडौं । अकूत सम्पत्तिको मुद्दा लागेका आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा ४५ लाख धरौटीमा छुटेका छन् ।
    ४ करोड २९ लाखको बिगो दाबी गर्दै अख्तियारले हालेको अकुत सम्पत्तिको मुद्दामा विशेष अदालत, काठमाडौंले ४५ लाख धरौटी मागेको थियो । इन्भेस्टमेन्ट बैंक ग्यारेन्टीमा धरौटी बुझाएर शर्मा छुटेका छन् ।
    मुद्दाको पेसी २२ गतेलाई तोकिएको छ ।
    ४ करोड २९ लाख ५४ हजार १ सय २४ सम्पत्तिको स्रोत नखुलेको दाबी गर्दै अख्तियारले १५ माघमा शर्माविरुद्ध विशेष अदालतमा मुा हालेको थियो ।
    शर्माविरुद्ध कर फछ्र्यौट आयोगले गरेको फैसलाबारे पनि मुद्दा विचाराधीन छ ।
    onlinekhabar

    No comments

    Like Us