• Trending News

    जाजरकोटमा भारी मात्रामा हतियार बरामद, २ जना पक्राउ

    जाजरकोट । जाजरकोट प्रहरीले भारी मात्रामा हतियार बरामद गरेको छ । जुनिचाँदे गाउँपालिका-११ कोर्ताङ स्थित चन्द्रबहादुर शाहीको घरबाट बन्दुक, गोलीलगायतका हतियारहरु बरामद भएको हो ।
    बाह्रबोर बन्दुक २ थान, भरुवा बन्दुक ३ थान, दुई नाले बन्दुक १ थान, इयर गन १ थान, भरुवा बन्दुकमा प्रयोग हुने सिसाको गोली, बाह्रबोर बन्दुकमा प्रयोग हुने ७ थान खोका लगायतका हातहतियार बरामद भएको प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले जानकारी दिए ।
    अनुसन्धानका लागि चन्द्रबहादुर शाही र नेत्र शाहीलाई नियन्त्रणमा लिइएको छ । उनीहरू बाबु-छोरा हुन् । उनीहरुमाथि अनुसन्धान जारी छ ।
    प्रमुख जिल्ला अधिकारी शाहीले अनलाइनखबरसँग भने, ‘यी हतियार माओवादी जनयुद्धकालका भएको प्रारम्भिक अनुमान गरिएको छ । प्रहरीले विस्तृत अनुसन्धान गर्दैछ ।’
    जाजरकोटमा यसअघि पनि पटक-पटक ठूलो परिमाणमा हतियारहरु बरामद हुँदै आएको छ ।
    Onlinekhabar

    No comments

    Like Us