• Trending News

    ह्याङ्गआउटका लागि गुगलले ल्यायो नयाँ अपडेट

    गुगलले बुधबार आफ्नो इन्टरनेट च्याट टूल ह्यांगआउटका लागि अपडेट रिलिज गरेको छ ।
    माइक्रोसफ्ट तथा स्ल्याक टेक्नोलोजीसँग प्रतिस्पर्धा गर्नका लागि गुगलले यो कदम उठाएको हो ।
    अपडेटसँगै ह्यांगआउटको माध्यमबाट कामदार तथा ग्रुपका बीचमा इन्स्टान्ट मेसेजिङलाई सपोर्ट गर्दछ । साथै यसले प्रयोगकर्तालाई अन्य कर्पोरेट सफ्टवेयरको डाटासम्म पूराउनका लागि च्याट विन्डोमा विजेट्स जोड्ने सुविधा पनि प्रदान गर्दछ ।
    गुगलले यस सर्भिसका बारेमा गत मार्चमा घोषणा गरेको थियो तर बुधबारबाट मात्र सबै प्रयोगकर्ताका लागि यो सेवा उपलब्ध गराएको हो ।
    गुगलको जी स्विटमा ह्यांगआउटको सुविधा छ । जी स्विट एक वर्कप्लेस सफ्टवेयर प्याकेज हो जसमा इमेल तथा वर्ड प्रोसेसिंगको टूल्स उपलब्ध गराइएइको छ । यो सुविधाको प्रयोगका विश्वभरका ४० लाख व्यवसायिक प्रयोगकर्ताले गरेका छन् र यसका लागि उनीहरुले प्रति प्रयोगकर्ता २५ डलर मासिक भुक्तान गरिरहेका छन् ।
    ह्यांगआउटले सन् २०१३ मा निशुल्क सेवा सुरु गरेको थियो । तत् पश्चात गुगलले व्यवसायिक प्रयोगकर्ताका लागि समान फिचर्सवाला इन्टर्नल मेसेजिंगका लागि जी स्विट सुरु गरेको थियो । यद्यपि व्यवसायिक प्रयोगकर्ताका लागि स्ल्याक तथा माइक्रोसफ्ट अफिस ३६५ जस्ता विकल्प पनि उपलब्ध छन् । यी दुबै कम्पनी गुगलभन्दा निकै अघि छन् यस क्षेत्रमा ।
    ह्यांगआउटको सशुल्क भर्सनमा ८ हजार प्रयोगकर्ताले एकसाथ ग्रुपच्याट गर्न सक्दछन् । यसका साथै कम्पनीहरुले आफ्नो डाटाबेस ह्यांगआउट च्याटसँग लिंक गर्नपनि सक्दछन् । उदाहरणका लागि गुगलको समूहले आफ्नो बग ट्रयाकिंग, इम्प्लोइ डाइरेक्टरी तथा आइटी सपोर्ट सिस्टमलाई यससँग जोडेको छ ।
    यसका साथै गुगलले मिटिंग सेड्युलर टूल्स जस्ता आर्टिफिसियल इन्टेलिजेन्स सर्भिसहरु पनि विकास गरेको छ जसले कर्मचारीको कार्य व्यवहार तथा समयलाई बुझेर सामूहिक बैठक तय गर्दछ । गुगलले आफ्नो क्यालेन्डर सफ्टवेयरका लागि पनि यस्तै आर्टिफिसियल इन्टेलिजेन्सको विकास गरिरहेको छ । अघिल्लो वर्ष रिलिज भएको ह्यांगआउट च्याटसँगै ह्यांआउट मिट, टेलिकन्फ्रेन्सिंग सफ्टवेयर पनि थप गरिएको छ ।
    एजेन्सीको सहयोगमा

    No comments

    Like Us