पाकिस्तानी प्रधानमन्त्रीलाई टुँडिखेलमा गार्ड अफ अनर

सोमबार अपरान्ह साढे ५ बजेपछि उनलाई नेपाली सेनाको सैन्य टुकडीबाट गार्ड अफ अनरको सम्मान दिइएको हो ।
टुँडिखेलमा गार्ड अफ अनरको सम्मान पाउने पहिलो विदेशी सरकार प्रमुख पाकिस्तानी प्रधानमन्त्री अब्बासी बनेका छन् ।
यसअघि विदेशी उच्चस्तरीय पाहुनालाई विमानस्थलमै गार्ड अफ अनर दिने प्रचलन थियो, तर केपी ओली नेतृत्वको सरकारले टुँडिखेलमा सम्मान दिने प्रचलन सुरु गरेको हो ।
टुँडिखेलमा अब्बासीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका छन् ।
प्रधानमन्त्री अब्बासी दुई दिने नेपाल भ्रमणका क्रममा सोमबार काठमाडौं आएका हुन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अर्थमन्त्री डा. युवराज खतिवडाले स्वागत गरेका थिए ।
अब्बासीको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार होटल सोल्टीमा रात्रीभोज आयोजना गरेका छन् ।
पाकिस्तानी प्रधानमन्त्री अब्बासीले मंगलबार स्वदेश फर्कनुपूर्व राष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन् ।
पाकिस्तानी प्रधानमन्त्रीको बस्ने व्यवस्था हयात होटलमा मिलाएको छ ।
हेर्नुस् तस्वीरहरु :




No comments