• Trending News

    स्तरीकरणको गुरुयोजना ३ करोडमा शंखपार्क






    काठमाडौं महानगरको वडा नंं ४स्थित शंख पार्कको प्रस्तावित गुरु योजना सार्वजनिक गरिएको छ । अाइतबार विहान सार्वजनिक गरिएको गुरु योजनाअनुसार करिब ३ करोड ४ लाख रुपैयाँ लागतमा यसको स्तरीकरण गरिनेछ ।
    बालबालिका, अपांगता भएका र जेष्ठ नागरिकमैत्री हुने यो पार्क हिँड्ने, खेल्ने वा व्यायाम गर्ने प्रयोजनलाई ध्यानमा राखेर तयार गरिनेछ ।

    रक्षा मन्त्री ईश्वर पोखे्रलले सार्वजनिक जग्गा सुरक्षा गर्ने काम चुनौतीपूर्ण र महानगरको प्राथमिक योजनामा हुनुपर्ने काम भएको बताए । पार्कभित्रै सकै खालमा संरचना बनाउन नहुने भन्दै उनले शंखपार्कलाई अरु भन्दा विषेश बनाउन प्रयत्न गर्नुपर्ने बताए ।
    ‘एकै ठाउँमा सबै चिज राख्न सम्भव पनि छैन र त्यसरी राख्नु पनि हुँदैन । बरु वडामा भएका अरु पनि सार्वजनिक जग्गा खोजौं र सार्वजनिक प्रयोगमा रुपान्तरण गरौं । यो चाहिँ सम्भव छ,’ पोखरेलले भने ।
    कार्यक्रममा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा परिणाममुखी धेरै काम गरिने बताउँदै पछि विवाद सिर्जना गर्नुभन्दा काम थालनी हुनुपूर्व योजनामा छलफल गर्न र रचनात्मक सुझाव दिन वडाबासी र सरोकारवालासँग आग्रह गरे ।

    No comments

    Like Us