• Trending News

    कार्यसम्पादन समिति बैठक स्थगित गरी कांग्रेसले बोलायो सांसदहरुको बैठक

    ९ फागुन, काठमाडौं । नेपाली कांग्रेसले पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदहरुको बैठक फागुन १२ गते बोलाएको छ ।
    प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुको संयुक्त बैठक कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
    बिहीबार फागुन १० गतेका लागि बोलाइएको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगन गरी त्यसअघि सांसदहरुको बैठक बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
    बैठकमा संसदीय दलको गठन र विधान परिमार्जनलगायत विषयमा छलफल हुने उनले जानकारी दिए । त्यसपछि मात्र कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने जनाएको छ ।

    No comments

    Like Us