• Trending News

    उत्तर कोरियाली नेता किम जोङ उनद्वारा दक्षिण कोरियाको प्रशंसा

    १ फागुन, काठमाडौं । तिक्त सम्बन्धमा रहेका उत्तर कोरिया र दक्षिण कोरियाको सम्बन्ध सङ्लिने संकेतहरु देखिन थालेका छन् । शीतकालीन ओलम्पिकले दुई राष्ट्र नजिकिएका बेला उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिणको कोरियाको प्रशंसा गरेका छन् ।
    उनको यो भनाइ उत्तर कोरियाकी छाया राष्ट्राध्यक्ष तथा किम जोङकी बहिनी किम यो जंग फर्केपछि सार्वजनिक भएको हो ।

    किम यो जंग प्योंगचांगमा भइरहेको शीतकालीन ओलम्पिक खेलको उदघाटन समारोहमा सहभागी हुन त्यहाँ गएकी हुन् ।
    सोही भेटमा दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनलाई वार्ताका लागि उत्तर कोरियाको राजधानी प्योङयाङमा निम्ता समेत दिएका थिए ।
    उत्तर कोरियाको सरकारी एजेन्सीले जनाएअनुसार, नेता उनले दक्षिण कोरियाको साथ समझदारीको माहोल बनाउन चाहेका छन् ।
    दक्षिण कोरियाले शान्ति बहालीका लागि गरेको प्रयासको किम जोङले खुलेर तारिफ गरेका छन् ।
    यता, अमेरिकाले भने उत्तर कोरियासँग सम्बन्ध नबढाउन दक्षिण कोरियालाई चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भनेको छ, ‘उत्तर कोरियाले प्रमाणु कार्यक्रम जारी राखेको छ । यो तनावको अवस्थामा दक्षिण कोरियाले सावधानी अपनाउनुपर्छ ।’
    Online Khabar

    No comments

    Like Us