युवराज खतिवडाले सम्हाले अर्थ मन्त्रालय

पूर्व गभर्नर तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भइससकेका खतिवडाले पहिलोपटक एमालेका तर्फबाट अर्थमन्त्रीको जिम्मेवारी पाएका हुन् ।
समग्र अर्थनीतिका विज्ञका रुपमा चिनिएका खतिवडा अहिलेसम्म संघीय संसदको सदस्य भइसकेका छैनन् । राष्ट्रिय सभा सदस्यमा मनोनित भए पनि सपथ रोक्न सर्बोच्च अादालतले आदेश दिएकै आवस्थामा उनले अर्थमन्त्रालयको बागडोर सम्हालेका छन् ।
उनले अब प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य आर्थिक मार्गनिर्देशकका रुपमा भूमिका निर्वाह गर्नेछन् ।
No comments