माओवादी सरकारमा सहभागी हुन तयार, मन्त्रालय भागवण्डा बाँकी

एमाले र माओवादीबीच सोमबार राति अबेर सातबुँदे सहमति भएको छ । पार्टी एकताका आधारहरु भनिएको यो सहमति पत्रमा दुबै दलका नेताहरुले हस्ताक्षर गरेका छन् ।
सहमतिसँगै माओवादी सरकारमा सहभागी हुने भएको छ । बालुवाटार वार्तामा सहभागी एक नेताले भने, माओवादी ढिलोमा पर्सिसम्म सरकारमा सहभागी हुन्छ ।’
यद्यपि मन्त्रालय भागवण्डाबारे दुई दलबीच छलफल हुन बाँकी नै छ ।
पार्टी एकताबारे सहमति नभएपछि माओवादीले पहिलो मन्त्रिपरिषद् गठनमा सहभागिता जनाएको थिएन । एकता वार्ता असफल भए फ्लोरबाट मात्र समर्थन गर्ने तर, सरकारमा सहभागी नहुने रणनीति पनि बनाएको थियो ।
तर, आइतबार र सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भएको वान टु वान वार्तामा सहमति जुटेको छ । पार्टी एकता संयोजन समितिले सोमबार साँझ त्यसलाई औपचारिकता दिएको छ ।
Online Khabar
No comments