• Trending News

    सिरियामा भएको नरसंहारविरुद्ध राष्ट्र संघ कार्यालय अगाडि प्रदर्शन (७ तस्वीर)

    काठमाडौं । सिरियामा बहुराष्ट्रिय सेनाले निर्दोष जनतामाथि चरम दमन गरेको भन्दै मंगलबार नेपालमा विरोध प्रदर्शन गरिएको छ ।
    विभिन्न मानवअधिकारवादी संस्थाले संयुक्त राष्ट्र संघको ललितपुर पुल्चोकस्थित नेपाल कार्यालयमा धर्ना दिदै विरोध गरेका हुन् ।
    सिरियामा भएको बमबारी र नरसंहार तत्काल रोक्न, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदद्वारा पारित युद्ध विरामको प्रस्तावलाई तत्काल लागू गर्न माग गर्दै मानवअधिकारकर्मीले शान्ति वार्ताको लागि मार्ग प्रशस्त गर्न सिरियाली सरकार र विन्द्रोहीहरुलाई आग्रह पनि गरेको छ ।
    धर्नामा मानव अधिकारकर्मीहरुले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई सिरियाली जनताको जीवन रक्षाका लागि प्रभावकारी भूमिका खेल्न संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालय मार्फत ज्ञापन पत्र समेत पठाएका छन् ।
    तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर
    २Onlinekhabar

    No comments

    Like Us