• Trending News

    प्रदेश ६ को नाम कर्णाली, राजधानी सुर्खेत

    सुर्खेत । प्रदेश-६ को नाम कर्णाली नामाकरण भएको छ भने सुर्खेतको विरेन्द्रनगरलाई राजधानी तोकेको छ । शनिबार बसेको प्रदेशसभाको चौथो बैठकले अध्याधिक मतले प्रदेशको नाम र स्थायी राजधानी तोकेको हो ।Ad
    संविधानले प्रदेशसभाको नाम र स्थायी राजधानी तोक्ने अधिकार प्रदेशसभालाई नै दिएको छ ।
    बैठकमा एमाले संसदीय दलका नेता यमलाल कँडेलले प्रदेशको नाम कर्णाली राख्न प्रस्ताव गरे भने विपक्षी दल दलका नेता जीवनबहादुर शाहीले राजधानी सुर्खेत सुर्खेतको विरेन्द्रनगर बनाउने प्रस्ताव राखे ।
    प्रदेशसभा दलहरुको सहमतिका आधारमा कँडेल र शाहीले प्रस्ताव राखेका हुन् ।
    प्रदेशसभाको बैठकले प्रदेशको नाम कर्णाली राख्ने प्रस्ताव दुई तिहाई बढी बहुमतले पास गरेको छ ।
    ४० सदस्यीय प्रदेशसभामा ३९ सांसद छन् । एक सांसदले रानीनामा दिएका छन् भने एक सभामुखले मत दिएनन् । प्रदेशको नाम कर्णाली राख्ने राख्ने प्रस्तावको पक्षमा ३७ जनाले मत दिएका छन् ।
    राजधानी सुर्खेत
    बैठकले प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर राख्ने प्रस्ताव पनि दुई तिहाईले पारित गरेको छ । प्रस्तावको पक्षमा ३६ मत परेको छ भने विपक्षमा एक मत मात्र खसेको छ ।
    ONLINEKHABAR

    No comments

    Like Us