• Trending News

    पत्रिका समाचारः एमाले–माओवादी एकता गर्न सहमत तर घोषणा कहिले ?

    काठमाडौं । आज मंगलबार, राजधानीबाट प्रकाशित सबै राष्ट्रिय दैनिक पत्रिकाहरुले एमाले–माओवादी केन्द्र एकता गर्न सहमत भएको विषयलाई मुख्य समाचार बनाएका छन् । पार्टी एकता गर्न सहमत भएका एमाले–माओवादीबीच सातबुँदे सहमति भए पनि केही दैनिक पत्रिकाहरुले पार्टी एकता नै भइसकेको लेखेका छन् । अन्नपूर्ण पोस्ट दैनिकले ‘कम्युनिस्ट राजनीतिमा ब्रेक थ्रू’ शीर्षक दिएर मुख्य समाचार लेखे पनि अन्य प्रमुख राष्ट्रिय दैनिक पत्रिकाहरुले एकताका लागि दुई दल सहमत भएको मात्रै लेखेका छन् ।
    एमाले–माओवादी एकताका समाचारलाई लेखेका आजका पत्रपत्रिकाहरुले संघीय संसद्को बैठक फागुन २१ गतेका लागि बोलाइएकोलाई पनि विभिन्न शीर्षकमा लेखेका लेखेका छन् ।

    नयाँ पत्रिका दैनिकले प्रदेशमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने तयारी सरकारले गरेको लेखेको छ भने कान्तिपुर दैनिकले प्रधानन्यायाधीश गोपाल पराजुलीको पाँचौं जन्ममितिको समाचारलाई एंकर बनाएको छ ।
    कार्यदलको गृहकार्यपछि पार्टी एकताको मिति घोषणा
    नयाँ पत्रिका दैनिकले कार्यदलको गृहकार्यपछि एमाले–माओवादी एकताको घोषणा हुने लेखेको छ ।
    एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने सातबुँदे समझदारीका आधारमा अन्तरिम राजनीतिक प्रतिवेदन तयार पार्ने सैद्दान्तिक–वैचारिक कार्यदल र संगठनात्मक एकीकरणका लागि संगठनात्मक कार्यदल बनाउने सहमति भएको समाचारमा उल्लेख छ ।
    एकीकरणका प्रारम्भिक आधारमा सहमति
    एमाले–माओवादीबीच पार्टीको नाम र निर्देशक सिद्धान्तमा सहमति जुटेको छ । नयाँ पत्रिकाका अनुसार पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी हुनेछ भने माक्र्सवाद–लेनिनवादलाई निर्देशक सिद्धान्त मान्न दुई पार्टी सहमत भएका छन् ।
    बहुदलीय प्रतिस्पर्धा – नेकपा (एमाले)ले अपनाउँदै आएको ‘जनताको बहुदलीय जनवाद’अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत श्रेष्ठता स्थापित गर्नेलगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा नेकपा (माओवादी केन्द्र)को पनि शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्पmत आफ्नो श्रेष्ठता स्थापित गर्नेलगायतका मान्यतामा समान धारणा रहेको तथ्यमा दुवै पार्टी स्पष्ट सहमत छन् ।
    नेकपा (एमाले)ले अवलम्बन गरिआएको ‘जनताको बहुदलीय जनवाद’ र नेकपा (माओवादी केन्द्र)ले अवलम्बन गरिआएको ‘माओवाद र एक्काइसौँ शताब्दीमा जनवाद’सम्बन्धी विषयमा विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिने दुई पार्टीको मत छ ।

    No comments

    Like Us