• Trending News

    डिभी चिठ्ठासहित चार विधेयक अमेरिकी संसदबाट अस्वीकृत

    ४ फागुन, काठमाडौं । डिभी चिठ्ठा लगायतका विषय समेटिएका चार वटा विधेयक अमेरिकी संसदबाट अस्वीकृत भएका छन् जसमा अमेरिकामा अवैध रुपमा ल्याइएका युवा आप्रवासीको सुरक्षा समेत सामेल थियो ।
    अमेरिकाको माथिल्लो सदनले डिभी चिठ्ठा, युवा आप्रवासन, सीमा सुरक्षा लगायतका विधेयकलाई अस्वीकृत गरेको हो । सीमा सुरक्षा र नियमसँग सम्वन्धित डाका विधेयक दुईपक्षीय समर्थनमा पेस भएका थिए ।

    त्यसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काम नलाग्ने भन्दै आलोचना गरेका छन् । उनले यसमा भिटो प्रयोग गर्ने अभिव्यक्तिसमेत दिएका छन् ।
    उनले यसको समाधान आगामी मार्च पाँचसम्म खोज्न संसदलाई आग्रह समेत गरेका छन् ।
    डिभी चिठ्ठा कार्यक्रमअन्तर्गत हरेक वर्ष ५० हजार जना अमेरिका जान पाउँदछन् । यस्तै फेमिली कोटाअन्तर्गत अमेरिकामा ग्रिनकार्ड होल्डरले आफ्ना दाजुभाइ, दिदीबहिनी र आमाबुवालाई अमेरिकी नागरिक बनाउन सिफारिस गर्न सक्नेछन् । यस्तो व्यवस्थाबाट अमेरिकी जनता प्रभावित हुने तर्कसहित डिभी चिठ्ठा र युवा आप्रवासन बन्द गर्नुपर्ने आवाज उठ्ने गरेको छ ।
    Onlinekhabar

    No comments

    Like Us