• Trending News

    मस्कोबाट ७१ यात्रुसहित उडेको विमान दुर्घटनाग्रस्त

    २८ माघ, रसिया । मस्कोबाट रसियाको पश्चिमी क्षेत्रका लागि छुटेको ७१ यात्रु सवार विमान दुर्घटनाग्रस्त भएको छ ।

    विमानस्थलबाट छुटेको केही समयमा दुर्घटना भएको हो । विमानमा रहेका छ जना चालक दलका सदस्यसहित सवै ७१ जना यात्रु जीवित रहेनसक्ने आशा गौण रहेको रसियाली अधिकारीलाई उद्धृत गर्दै इन्टरफ्याक्स न्यूज एजेन्सीले आइतबार जनाएको छ ।
    विमान रसियाको राजधानी मस्कोस्थित डोमोडेडोभो विमानस्थलबाट रसियाकै पश्चिमी ओरेन्वर्ग क्षेत्रको ओस्र्कका लागि छुटेको थियो ।
    विमान दुर्घटनास्थलमा रसियाली अधिकारी पुगिनसकेको तर विमान आर्गुनोभोको ग्रामिण इलाकामा दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान रहेको छ । विमान चालक दलका सदस्य तथा यात्रुलाई जिवित भेटाउनसक्ने सम्भावना नरहेको स्रोतले जनाएको छ ।
    इन्टरफ्याक्सको अर्को एक जानकारी अनुसार विमान दुर्घटनास्थलबाट दुई मृत शरीरलाई क्षतविक्षत अवस्थामा भेटाइएको खबर छ ।
    यसको सरकारी अधिकारीले पुष्टी भने गर्न बाँकी नै छ ।
    रसियाली यातायात मन्त्रालयले इन्टरफ्याक्सलाई दिएको जानकारी अनुसार विमान दुर्घटना मौसम खराब भएका कारण वा मानवीय कमजोरीका कारणलगायतका केही अन्य कारणले भएको हुनसक्ने देखिएको छ । यद्यपि यसबारे थप अनुसन्धानपछि मात्र भन्न सकिने मन्त्रालयले बताएको छ । रासस
    Online Khabar

    No comments

    Like Us