• Trending News

    टायरका गमलामा आकर्षण बढ्यो

    रामपुर, पाल्पा ।  पाल्पाको रामपुरमा यतिखेर गाडीको टायरबाट निर्माण गरिएका गमलाले ग्राहकको मन लोभ्याउन थालेको छ ।
    रामपुरमा पहिलो पटक भित्रिएको गाडीका टायरका गमलालाई सबैले आकर्षक मान्दै यसको प्रयोगतर्फ आकर्षित हुन थालेका हुन् । रामपुरका स्थानीयवासी राजु थापा मश्राङ्गीले हालसालै बाहिरबाट गमला खरिद गरेर यहाँ यसको व्यापार शुरु गरेका हुन्।
    मश्राङ्गीले गाडीका टायरबाट कलात्मकरुपमा निर्माण गरिएका गमलासँगै फूलको पनि व्यापार गर्छन् । उनले घर घरमा हिजोआज कृत्रिम फूल गमलामा सजाउन थालेपछि फूलको वास्तविक अस्तित्व नै मेटिन पुगेकाले अहिले विभिन्न जातका फूलका बिरुवा पनि खरिद बिक्री गर्छन् ।
    “गाडीका टायरबाट बनेका गमला हेर्दा आकर्षक र टिकाउ रहने हुँदा अहिले ग्राहकको आकर्षण बढ्दो छ, अन्य गमलाजस्तो झट्ट नफुट्ने, लामो समयसम्म टिकाउ रहने भएपछि धेरै ग्राहक खरिद गर्न आउने गरेका छन्”, उनले भने ।
    उनले बुटवल, पोखरालगायतका स्थानबाट गमला र फूलका बिरुवा खरिद गरी रामपुर बजारमा बिक्री गर्छन् । एकवटा गमलाको मूल्य साइजअनुसार अहिले रु २०० देखि रु एक हजारसम्म रहेको उनी बताउँछन् ।
    हिजोआज घरको सुन्दरताका लागि गमलामा फूल सजावट गरेर राख्ने चलन यहाँ बढ्दो छ । अहिले यहाँ बिक्रीका लागि राखिएका गमला र फूलको सौन्दर्य अवलोकन गर्ने तथा खरिद गर्नेको चहलपहल छ ।
    Onlinekhabar

    No comments

    Like Us