• Trending News

    प्रधानमन्त्री भएलगत्तै ओलीको यस्तो घोषणा

    नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २ वर्ष भित्र सबै गाउँपालिका र नगरपालिकामा प्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा गरेका छन्।
    बिहिबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पदभार ग्रहण गरेलगत्तै संचारकर्मीमाझ बोल्दै ओलीले सिटीईभिटीबाट मान्यता प्राप्त प्राविधिक शिक्षालय सबै गाउँपालिका र नगरपालिकामा स्थापना गर्ने घोषणा गरेका हुन्।
    प्रधानमन्त्री ओलीले संघीय संसदको भवन पनि २ वर्ष भित्रै निर्माण गर्ने योजना अघि सारे। संसदका सम्पूर्ण गतिविधि सञ्चालन हुने गरी २ वर्ष भित्र भवन निर्माण गर्न भोलिबाटै काम सुरु गर्ने उनको योजना छ। प्रधानमन्त्री ओलीले लोकतान्त्रिक मूल्यमान्यता बमोजिम जनताको इच्छा, आकांक्षा र आवश्यक्ता पूरा हुने गरी आफूले शासन सञ्चालन गर्न प्रतिवद्धता पनि व्यक्त गरे।
    प्रधानमन्त्री ओलीले पदभार ग्रहण गरेलगत्तै समृद्ध नेपाल र सुखी नेपाली बनाउन सबै तहको सरकारलाई जनमुखि, प्रभावकारी र सवल रुपमा संचालन गर्नेलगायतका ५ वटा निर्णयमा हस्ताक्षर पनि गरे।
    जसमा आर्थिक समृद्धिका लागि कृषिको व्यवसायीकरण, शिक्षा, स्वास्थ्य, खानेपानीको आपूति व्यवस्थामा जोड दिने उल्लेख गरिएको छ । प्रधानमन्त्री ओलीले बाह्य लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न आफूले प्राथमिकता दिने पनि बताए। उनले भ्रष्टाचार नियन्त्रणका लागि शुन्यसहनशीलताको नीति लिने पनि स्पष्ट पारे।
    ओलीले २०७२ सालमा पहिलो पटक प्रधानमन्त्रीको पदभार ग्रहण गर्दा पनि २ वर्ष भित्र देशभरका तुईन हटाउने निर्णय गरेका थिए।
    हेर्नुहोस् पहिलो मन्त्रिपरिषदको निर्णयहरू
    Setopati

    No comments

    Like Us