• Trending News

    होटलमा आठ अर्ब लगानी

    साउनदेखि पुससम्म नेपालका बैंकहरुले होटलमा आठ अर्ब रुपैयाँ लगानी गरेका छन्। देशभरका होटलमा यो वीचमा उक्त लगानी भएको राष्ट्र बैंकले जनाएको छ।
    नयाँ होटल निर्माण,पुरानाको स्तरबृद्धिजस्ता काममा उक्त ऋण प्रवाह भएको हो।
    पछिल्लो समय होटलमा विदेशी लगानी पनि उत्तिकै आकर्षित भइरहेको सन्दर्भमा नेपाली लगानी पनि बढ्दै गएको छ।  अघिल्लो वर्षको यही अवधिमा बैंकहरुको लागनी ६ अर्ब थियो। यो वर्ष उक्त लगानी १५ प्रतिशतले बढेर आठ अर्ब पुगेको हो।
    देशभर पर्यटकस्तर र तारे होटलहरु धमाधम निर्माण भइरहेका छन्। काठमाडौं भित्रै पनि पाँचवटा पाँचतारे होटल निर्माणधिन छन् भने त्यो भन्दा साना होटल धेरै रहेका छन्।
    सामन्यतया कुनै पनि आयोजनामा ७० प्रतिशत बैंकिङ लगानी हुने व्यवसायीहरु बताउछन्। नेपालमा पर्यटकको संख्या बढ्ने अपेक्षासहित होटलमा लागनी आकर्षित भइरहेको होटल एसोसिएसन नेपालका महासचिव विनायक शाहको भनाइ छ।
    पर्यटन क्षेत्रमा अनुकूल वातावरण बनेको ठान्दै व्यवसायीले नेपालमा लगानी बढाए पनि पर्यटन आगमनको सुनिश्चितता र पर्यटकीय पूर्वाधार पर्याप्त नहँुदा लगानी डुब्ने पो हो कि भन्ने जोखिम पनि कायमै रहेका शाहको भनाइ छ।
    हानका अनुसार होटल क्षेत्रमा तीन खर्ब रुपैयाँ भन्दा बढी लगानी भएको छ । अहिलेको लगानी घोषणाअनुसार दुई वर्षभित्र तारे होटलमा ४ हजार बेड थपिनेछन् ।
    राष्ट्र बैंकले गरेको अध्ययनअनुसार हाल नेपालमा ६७ हजार बेड रहेका छन्। पर्यटकलाई सेवास्तरका त्यस्ता होटलको संख्या भने २ हजार ४ सय ५० रहेका छन्।
    होटलमा लगानी बढ्नु सुखद पक्ष भए पनि पूर्वाधारको अभावमा लगानी जोखिममा पर्नसक्ने खतरा रहेको हानका अध्यक्ष अमरमान शाक्य बताउछन्।
    ‘ठूला होटलले बैंकबाट ऋण लिएर लगानी गरेका छन् । सरकारले होटल, विमानस्थल, सडकजस्ता पूर्वाधार थपेर सेवा नदिने हो भने पर्यटक आउन मुस्किल छ । पर्यटक भएनन् भने होटलका कोठा कसरी भर्ने रु अहिलेकै अवस्था रहे ऋणसमेत डुब्ने खतरा छ’ उनले भने। अहिलेको ‘अकुपेन्सी’ ७० प्रतिशत मात्रै हो, ठूला होटल थपिएपछि प्रतिस्पर्धा बढ्ने उनको आँकलन छ।
    पर्यटन विभागका अनुसार ११ पाँचतारे, सात चारतारे र ११ तीनतारे गरी २९ वटा नयाँ होटल खुल्दैछन् ।
    setopati

    No comments

    Like Us