• Trending News

    अब युएई आउन प्रहरी रिपोर्ट अनिवार्य

    युएई सरकारले रोजगारीका लागि आउने अन्य देशका नागरिकका निम्ति असल आचरणको प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने नियम लागू गरेको छ।
    मध्यपूर्वको विकसित राष्ट्र युएईले नागरिक र समुदायलाई शतप्रतिशत सुरक्षा र शान्तीको प्रत्याभुत गर्न यस्तो नियम लागू गरेको युएईबाट प्रकाशित हुने पत्रीका खालिज टाईम्सले जनाएको छ।
    यो नियम लागु भए संगै अब युएईमा रोजगार अनुमती प्राप्त गर्न असल चरित्र भएको प्रहरी रिपोर्ट अनिवार्य बुझाउनु पर्ने छ।
    यसका लागि रोजगारीका लागि आउन चाहने व्यक्तिले संबंधित देशको प्रहरीबाट असल चरीत्र र व्यवहार प्रमाणित गरिएको शिफारिस पत्र अनिवार्य पेश गर्नुपर्ने छ।
    अन्य मुलुकमा ५ वर्ष देखि नियमित बसिरहेका व्यक्तीले युएई आउन चाहे सोही मुलुकको प्रहरीले त्यस्तो रिपोर्ट दिएको हुनुपर्नेछ । उक्त प्रमाणपत्र संबंधित मुलुकमा रहेको युएईको कुटनितिक नियोग वा युएईको विदेश मन्त्रालयले प्रमाणिकरण गरेको हुनुपर्ने छ।
    फेब्रुअरी ४ तारिखबाट लागू भएको यो नियम लागू भएसंगै रोजगारीका निम्ति युएई आउन चाहनेहरुका लागि प्रक्रियागत रूपमा केही झन्झट थपिएको छ । तथापि कामदारले शान्तिपुर्ण रूपमा सुरक्षीतसाथ काम गर्न पाउने वातावरण निर्माण हुने भएकाले यो नियम स्वागतयोग्य रहेको गैह्र आवसिय नेपाली संघ युएईका अध्यक्ष रमेश श्रेष्ठले बताए।


    No comments

    Like Us