• Trending News

    रेशम चौधरीले अदालतसामू गरे आत्मसमर्पण

    धनगढी । टीकापुर घटनाका फरार अभियुक्त रेशम चौधरीले अदालतसामू आत्मसमर्पण गरेका छन् । चौधरी सोमबार जिल्ला अदालत कैलालीमा हाजिर भएका हुन् ।
    फरार रहेकै अवस्थामा राष्ट्रिय जनता पार्टीबाट कैलाली १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका चौधरी भएका थिए । तर, चुनाव जितेको प्रमाणपत्र पाएका छैनन् ।
    वारेसमार्फत विजयी भएको प्रमाणपत्र पाउनु पर्ने माग गर्दै चौधरी सर्वोच्चसम्म पुगे पनि 
    ७ भदौ २०७२ मा एक बालक र एसएसपीसहित ७ सुरक्षाकर्मीको हत्या भएको थियो । घटनाको मुख्य योजनाकार चौधरी भएको दाबी गर्दै मुद्दा परेपछि उनी फरार छन् ।
    चौधरीले भने आरोप अस्वीकार गर्दै आएका छन् ।
    घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेका अर्का थारु नेता लक्ष्मण चौधरी अहिले जेलमै छन् ।
    onlinekhabar

    No comments

    Like Us