• Trending News

    त्रिशूलीमा बेपत्ता सचिव मृत भेटिए

    २७ माघ, काठमाडौं । त्रिशूलीमा गाडी खसेर बेपत्ता सिँचाइ सचिव रामानन्द यादव मृत भेटिएका छन् । बेपत्ता २ जनाको अवस्था भने अझै अज्ञात छ ।
    घटनास्थलमा खटिएका नेपाल प्रहरीका सई पूर्णबहादुर लामाले सचिव यादवको शव भेटिएको पुष्टि गरे । उनका अनुसार, बेपत्ता दुईजनाको खोजी कार्य भइरहेको छ ।

    शनिबार बिहान ३ बजेतिर सचिव यादव सवार बा २ झ ३१४० नम्बरको गाडी पृथ्वी राजमार्गअन्तर्गत धादिङको सलाङमा त्रिशूली नदीमा खसेर बेपत्ता भएको थियो ।
    दुर्घटनामा सचिव यादवसहित उनका छोरा सन्तोष र साथीको छोरी वेपत्ता भएकोमा सचिव यादवको शव फेला परेको हो । दुर्घटनामा परी बेपत्ता सचिव यादवका छोरा सन्तोष र उनको साथीको छोरीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
    दुर्घटनामा चालक निराजन यादव घाइते भएका छन् । उनलाई यसअघि नै उद्धार गरेर उपचारका लागि ट्रमा सेन्टर काठमाडौं ल्याइएको छ ।

    No comments

    Like Us