• Trending News

    कांग्रेस र माओवादीले समानुपातिक सूची बुझाउँदै

    २९ माघ, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सांसदको सूची बुझाउने आज अन्तिम दिन हो । त्यसैले कांग्रेस, माओवादी र मधेसकेन्द्रित दलहरु निर्वाचन आयोगमा सूची बुझाउनका लागि गृहकार्यमा जुटेका छन् ।
    सूची बुझाउन साँझ पाँच बजेसम्मको समय निर्धारण गरिएको छ । ‘सूची बुझाउने आज अन्तिम दिन हो, क्लस्टर मिलेर आयो भने आइहाल्यो, मिलेर आएन भने फेरि सूची सच्याउन दलहरुलाई समय दिनुपर्ने हुन्छ,’ निर्वाचन आयोगका एक अधिकारीले अनलाइनखबरसँग भने ।

    नेकपा एमालेले भने आइतबारै सूची बुझाइसकेको छ ।
    सांसदहरुको नामावली बुझाउन बाँकी दलहरु सोमबार बिहानैदेखि गृहकार्यमा व्यस्त छन् । नामावलीबारे छलफल गर्न नेपाली कांग्रेसले बिहान कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
    सामानुपातिकतर्फ ४० सिट पाएको कांग्रेसले २० जना महिला पठाउनु पर्नेछ ।
    यसैगरी माओवादीले १७, संघीय समाजवादी फोरम र राजपाले ६–६ सिट पाएका छन् ।
    Online Khabar

    No comments

    Like Us