• Trending News

    फेसबुकको रङ निलो किन ? यी हुन् केही रोचक तथ्यहरु

    विश्वमा पौने दुई अर्बभन्दा धेरै प्रयोगकर्ता रहेको फेसबुकको लोगो तथा साइट नै किन निलो रङको होला ? फेसबुकमा कसैले पनि ब्लक गर्न नसक्ने व्यक्ति को हुन् । कुनैपनि व्यक्तिको मृत्युपछि उसको फेसबुक अकाउन्ट के हुन्छ ? यस्ता धेरै जिज्ञासाहरुको जवाफ जान्ने चाहना सबै फेसबुक प्रयोगकर्ताको हुन्छ । फेसबुकबारेका यस्तै सातवटा रोचक तथ्य यस्ता छन्ः
    १.फेसबुकको रङ किलो निलो हुन्छ ? कहिल्यै सोच्नुभएको छ ? वास्तवमा फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई कलर ब्लाइन्डनेस छ र उनले सबैभन्दा राम्रोसँग देख्न सक्ने रङ भनेकै निलो रङ हो । सोही कारण जुकरबर्ग र उनका साथीहरुले फेसबुकको डिजाइन गर्दा नै निलो रङको बनाएका थिए ।

    २. फेसबुकमा एकजना यस्ता व्यक्ति छन् जसलाई कहिल्यैपनि ब्ल्क गर्न सकिँदैन । हो, फेसबुक संस्थापक मार्क जुकरबर्गलाई फेसबुकमा कसैले पनि ब्लक गर्न सक्दैन ।
    ३. फेसबुकका झण्डै दुई अर्ब प्रयोगकर्ता छन् । तर चीन, इरान र उत्तर कोरिया सहितका केही देशमा चाहिँ फेसबुक प्रतिबन्धित छ ।
    ४. यदि तपाइँले चिनेको कोही मानिसको मृत्यु भयो भने तपाइँले यसबारेमा फेसबुकमा रिपोर्ट गर्न सक्नुहुन्छ । तत् पश्चात फेसबुकले उक्त कुराको विभिन्न तथ्यबाट पुष्टि गरेर मृतक व्यक्तिको प्रोफाइललाई मेमोरलाइज्ड गर्दछ । त्यस अकाउन्ट कोहीपनि मानिसले लगइन गर्न सक्दैन र कुनैपनि परिवर्तन गर्न सकिँदैन ।
    ५. फेसबुकमा एउटा फिचर छ, पोक । कसैको प्रोफाइलमा गएर तपाइँ उसलाई पोक गर्न सक्नुहुन्छ । पोकको अर्थ के हो ? तपाइँलाई थाहा छ ? वास्तवमा यसको कुनै अर्थ छैन । फेसबुकको पोक फिचरका बारेमा मार्क जुकरबर्गले भनेका छन् कि उनलाई कुनै दिन सोचाई आयो कि फेसबुकमा कुनै पनि अर्थ नभएको एउटा फिचर राख्ने । यो केवल रमाइलोका लागि हो ।
    ६.फेसबुकमा अहिले जुन लाइक अप्सन छ, पहिले यसको नाम AWESOME राखिएको थियो । तर त्यसलाई पछि बदलेर like बनाइयो ।
    ७. फेसबुकको लतले रोगको रुप लिँदै जान्छ । जसलाई फेसबुक एडिक्सन डिसअर्डर अर्थात् एफएडी भनिन्छ । दुनियामा करोडौँ मानिस एफएडीबाट ग्रसित छन् ।
    Online Khabar

    No comments

    Like Us