• Trending News

    बलिउड कब्जा गर्ने श्रीदेवीलाई पनि छाडेन हृदयाघातले !

    बलिउडकी हरेक इभेन्टमा छोरी जान्ह्वीलाई डोहोर्‍याउँथिन्, श्रीदेवी । उनकै पदचाप पच्छ्याउँदै छोरी बलिउड इन्ट्री गरिन् । करण जौहरको फिल्म ‘धडक’बाट जान्ह्वीले डेब्यु गरिन् । तर, आफ्नी छोरीको फिल्म हेर्न पाइनन् ।
    पति बोनी कपुर र सानी छोरी खुसीसँग दुबईमा आफ्ना भान्जाको बिहेमा सरिक हुन गएकी उनको हृदयघातको कारण निधन भयो ।
    बोनीका परिवार बिवाह सकेर दुबईवाट फर्किएका थिए । तर, बोनी, श्रीदेवी र छोरी खुशी त्यही बसे । जान्ह्वी चाहि फिल्म सुटिङको कारण दुबई जान पाएकी थिइनन् ।
    चाइल्ड आर्टिस्टबाट बलिउड
    १३ अगस्ट १९६३ मा तामिलनाडुमा जन्मिएकी हुन्, श्रीदेवी । उनले आफ्नो करियर त्यसबेला सुरु गरिन्, जतिबेला उनी चार बर्षकी थिइन् । त्यसबेला उनले तमिल फिल्म गरेकी थिइन् । दक्षिण भारतिय फिल्ममा काम गरेपछि श्रीदेवीले हिन्दी भाषाको ‘जूली’ फिल्म खेलिन्, १९७५ । यतिवेलासम्म पनि उनी बाल कलाकारकै रुपमा थिइन् । जुलीबाट उनी बलिउडमा तानिएकी थिइन् ।
    म्ममतवालाले हिट
    १९८३ मा फिल्म ‘हिम्मतवाला’बाट भने उनी रातारात स्टार बनिन् । आफ्नो जमनाकी सर्वाधिक हिट अभिनेत्रीले करियरको उत्कर्षमा सुरपहिट फिल्मको थुप्रो लगाइन् । यसैबीच उनले १९९६ मा फिल्म निर्माता बोनी कपूरसँग बिवाह गरिन् । उनीहरुको प्रेम सम्बन्ध भने फिल्म ‘मि.इन्डिया’को छायांकनको क्रममा भएको थियो ।
    लेडी अमिताभ बच्चन
    बलिउडमा ८० को दशकमा श्रीदेवी छाएकी थिइन् । उनको चमकदमक सामु अन्य अभिनेत्री फिका देखिन्थे । त्यस अवधीलाई श्रीदेवीका दशक भन्ने गरिन्छ । त्यही ताका हो उनले, हिम्मतवाला, तोहफा, मिस्टर इन्डिा, नगीना जस्ता सुपरहिट फिल्म खेलेकी । त्यसबेला उनलाई लेडी अमिताभ बच्चनको उपमा दिइएको थियो । करियरको उत्कर्षमा उनले धेरैजसो जीतेनद्रसँग स्त्रिmन शेयर गरिन् ।
    १९९७ मा उनले ‘जुदाई’ फिल्ममा अभिनय गरिन् । त्यसपछि उनी सिल्भर स्क्रिनबाट ओझेल भइन् ।
    बोनी कपुरसँग बिवाह
    फिल्मी जीवनले रफ्तार लिइरहेका बेला उनले बोनी कपुरसँग बिवाह गरिन् । यो सन् १९९६ को कुरा हो । बोनी बलिउडका फिल्म निर्माता थिए/हुन् । उनीहरुको प्रेम सम्बन्ध फिल्म ‘मिस्टर इन्डिया’को छायांकनको क्रममा भएको थियो ।
    बिवाहपछि श्रीदेवी पारिवारिक जीवनमा फर्किइन् । उनको कोखबाट दुई छोरी भए । डेढ दशक उनले पारिवारिक विश्राम लिइन् ।
    बलिउड कमब्याक
    लामो विश्रामपछि उनी केहि समयअघि ‘मम’ फिल्ममा देखिइन् । त्यसअघि ‘इंग्लिश विंग्लिश’मा अभिनय गरेकी थिइन् ।
    फिल्मी करियर
    श्रीदेवीको डेब्यु १९७८ मा प्रदर्शित फिल्म ‘सोलहवां सावन’ लाई मानिन्छ । त्यसपछि उनले हिम्मतवाला, मवाली, तोहफा, नगीना, आखिरी रास्ता, कर्मा, मिस्टर इन्डिया र चाँदनी जस्ता फिल्म खेलिन् ।
    १९८३ मा कमल हासनका साथ आएको फिल्म ‘सदमा’मा उनको अभिनयको खुब तारिफ भयो । १९८९ का ‘चालबाज’ र १९९१ को ‘लम्हे’मा उनले दोहोरो भूमिका गरेकी थिइन् । १९९६ मा उनी शाहरुख खानसँग ‘आर्मी’ फिल्ममा देखिए । उनी शाहरुखकै आगमी फिल्म ‘जीरो’मा पनि विशेष भूमिकामा देखिदै थिइन् ।
    श्रीदेवीसँग जोडिएको रोचक कुरा
    -श्रीदेवीले आफ्नो करियर बाल कलाकारको रुपमा सुरु गरेकी थिइन् ।
    -बलिडउड आउनुअघि उनले दक्षिण भारितय फिल्मबाट करियर थालेकी थिइन् ।
    -८० को दशकमा हिन्दी फिल्ममा श्रीदेवीको राज थियो ।
    -१९९७ मा ‘जुदाई’ खेलेपछि उनले १५ बर्षसम्म विश्राम लिइन् ।
    -यसबीचमा उनले फिल्म निर्माता बोनी कपुरसँग बिवाह गरिन् ।
    -बोनी कपुरका दोस्रो श्रीमति हुन्, श्रीदेवी  । बोनी कपरकी पहिलो श्रीमतिको नाम मोना थियो, जसको क्यान्सरको कारण निधन भयो ।
    -श्रीदेवी र मिथुन चक्रवतीको भेट फिल्म ‘हम पांच’को क्रममा भएको थियो । त्यसका निर्देशक बोनी कपुर थिए । शुटिङका क्रममा श्रीदेवी र बोनी कपुरबीच सम्बन्ध रहेको मिथुनले थाहा पाएका थिए ।
    -तर, मिथुनलाई उक्त कुरा लुकाउनका लागि श्रीदेवीले मिथुनकै अगाडि बोनीको हातमा राखी बाधिदिएकी थिइन् ।
    -श्रीदेवी पूजापाठ, धर्मकर्ममा निकै विश्वास गर्थिन् । श्रीदेवीका एक समूह यस्ता पनि छन्, जसलाई उनीहरु धार्मिक ग्रुप भन्थे ।
    -श्रीदेवी आफ्ना दुई छोरीलाई अत्यन्तै प्रेम गर्थे । अक्सर उनी छोरीहरुसँगै हुन्थिन् ।
    Onlinekhabar

    No comments

    Like Us