• Trending News

    सत्ता हस्तान्तरणका ११ तस्वीरः देउवा मलीन, ओली घडी हेर्दै

    ३ फागुन, काठमाडौं । विहीबार शीतलनिवासमा आयोजित सपथ ग्रहण कार्यक्रममा केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको कुर्सी हस्तान्तरण गर्दैगर्दा कांग्रेस सभापति शेरबहादुर देउवाको अनुहार निकै मलीन देखियो ।

    शायद आगामी ५ वर्षका लागि नेपाली कांग्रेसले वामपन्थीलाई सत्ता हस्तान्तरण गर्नुपर्दाको पीडा हो यो ।
    परिस्थितिले अन्यथा मोड लिएन भने अबको पाँच वर्ष सिंहदरबारदेखि सातवटै प्रदेशसम्म नेपाली कांग्रेस सत्ता बाहिरै रहनेछ ।
    निर्वाचनपछिको ५ वर्षे सत्ता हस्तान्तरणको यो दृश्य नेपाली कांग्रेसका नेता-कार्यकर्ताहरुका लागि निकै वियोगान्त परिघटना हो भने एमाले कार्यकर्ताका लागि सत्ता सुखान्त हो ।
    शायद यही सुखद घडीलाई स्मरण गरेर एमाले कार्यकर्ताले विहीबार साझँ दीपावलीसमेत गरे । तर, केपी ओलीले घडी हेरिरहेको दृश्यले भने उनको कुर्सीको ‘टाइमलाइन’लाई संकेत गरेझै प्रतीत हुन्थ्यो ।
    केपी ओलीका लागि दोस्रोपटक जुरेको प्रधानमन्त्री पद पाँच वर्षका लागि हो या २/३ वर्षका लागिमात्रै हो भन्ने खुलस्त भइसकेको छैन ।
    माओवादीसँग आलोपालो गर्नुपर्ने स्थितिमा उनको प्रधानमन्त्रित्वको ‘काउन्ड डाउन’ आजैबाट सुरु भएको हो कि भन्ने प्रश्न पनि प्रधानमन्त्री नियुक्त भएकै दिनदेखि उठेेको छ । किनभने, माओवादी सरकारमा सहभागी हुन अन्कनाएको छ ।
    हामीले यहाँ विहीबार शीतलनिवासदेखि सिंहदरबारसम्म बिजुली गतिमा सम्पन्न भएका सत्ता हस्तान्तरणका केही दृश्य प्रस्तुत गरेका छौंः

    No comments

    Like Us