• Trending News

    मध्यरातमा ओलीलाई मोदीको फोन, भने- स्वागतका लागि आतुर छु

    ४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाइ तथा शुभकामना दिएका छन् । मोदीले बिहीबार राति साढे १० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिएका हुन् ।
    मोदीले ओलीलाई भारत भ्रमणको निम्तो दिँदै आफू स्वागतका लागि आतुर रहेको बताए । यसैगरी नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि मोदीले व्यक्त गरेका छन् ।

    प्रधानमन्त्री ओलीले आफ्नो ध्यान नेपालको विकास र समृद्धिमा केन्द्रित रहेको र भारतसँगको मित्रता अझ सुदृढ बनाउन प्रयासरत रहने मोदीलाई बताएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
    ओली प्रधानमन्त्री बनेलगत्तै मोदीले नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी मार्फत शुभकामना पत्र पठाउँदै प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपालमा आर्थिक विकास र समृद्धि हासिल हुने विश्वास व्यक्त गरेका थिए ।
    भारतीय विदेशमन्त्री सुस्मा स्वराजले पनि प्रधानमन्त्री ओलीलाई बिहीबार नै टेलिफोन गरेर सफल कार्यकालका लागि शुभकामना दिएको ओलीको सचिवालयले जनाएको छ ।
    Online khabar

    No comments

    Like Us