मन्त्री छान्ने जिम्मा ओलीलाई, मधेशवादीलाई पनि सरकारमा ल्याउने

एमालेले वाम गठबन्धनको बहुमत भए पनि दुई तिहाई बहुमतसहितको सरकार गठन गर्न मधेशवादी दललाई पनि मन्त्रिपरिषदमा सामेल गर्न ओलीलाई म्याण्डेट दिएको पार्टी सचिव योगेश भट्टराईले बताए । माओवादी, संघीय समाजवादी फोरम र राजपासँग ओलीले छलफल गर्ने उनले बताए ।
भट्टराईले भने-माओवादी बाहेक पनि मधेशवादी दललाई समेत सामेल गराउने गरी पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले फोरम र राजपासँग परामर्श गर्नुहुन्छ । त्यसपछि मन्त्रिपरिषदलाई पूर्णता दिने जिम्मा उहाँलाईनै दिएको छ ।
पार्टीभित्रबाट मन्त्री छनोट गर्ने सन्दर्भमा प्रधामन्त्रीले स्थायी कमिटीका नेताहरुसँग राय परामर्श लिएर व्यक्ति आफैंले छान्ने भट्टराईले बताए । ‘सबै कुरालाई ध्यान दिदै भूगोल, पार्टीभित्र योग्यता क्षमता र समावेशीता मिलाएर प्रधानमन्त्रीले पार्टी नेताहरुसँग राय परामर्श लिएर मन्त्रीहरुको छनौट गर्ने निर्णय भएको छ’ उनले भने ।
प्रधानमन्त्रीले गठबन्धनमा सहभागी माओवादीसहित अन्य पक्षसँग छलफल गर्नुपर्ने भएकाले मन्त्रिपरिषद विस्तार भने आइतबारअघि नहुने एमालेका एक नेताले बताए ।
Online khabar
No comments