• Trending News

    ह्यारी केनको अन्तिम मिनेटको पेनाल्टीसँगै लिभरपुलको जित टर्‍यो

    २२ माघ, काठमाडौं । हृयारी केनको अन्तिम मिनेटको पेनाल्टी गोलसँगै टोटनहृयानले प्रिमियर लिगमा लिभरपुलसँग बराबरी खेलेको छ ।
    निकै रोमाञ्चक खेलको इन्जुरी टाइमको पहिलो मिनेटमा नै गोल गर्दै मोहम्मद सलाहले लिभरपुललार्इ जित नजिक पुर्‍याएका थिए । तर, केनको पेनाल्टीसँगै खेल २-२ को बराबरीमा सकिएको छ ।
    लिभरपुल जितका लागि केही सेकेण्ड मात्र टाढा थियो । तर, इरिक लामेलालाई भर्जल भान डाइकले फल गरेको भन्दै रेफ्रीले पेनाल्टी दिए । त्यसअघि एक पेनाल्टी मिस गरिसकेका केनले यो पटक कुनै गल्ती गरेनन् र प्रिमियर लिगमा १०० औं गोल गर्दै लिभरपुलका समर्थकलाई निराश बनाए ।
    एन्फिल्डमा सलाहले तेस्रो मिनेटमा नै गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । बाँकी तीन गोल भने दोस्रो हाफको अन्तिमतिर मात्र भएको थियो ।
    खेलको ८४ औं मिनेटमा टोटनहृयामले पेनाल्टी पायो तर, हृयारी केनको प्रहार लिभरपुलका गोलरक्षकले सहजै रोके ।
    इन्टुरी टाइममा त्यसबेला नाटकीय रुप लियो, जब सलाहले गोल गरे । लिभरपुलका समर्थकहरु टोटनहृयामसँग ५ अंकको दुरी बनाएको खुसी मनाउन थालिसकेका थिए ।
    तर, अन्तिम मिनेटमा दिइएको पेनाल्टीले लिभरपुललाई निराश बनायो । तेस्रो स्थानमा रहेको लिभरपुलको २६ खेलबाट ५१ अंक छ भने पाँचौं स्थानमा रहेको टोटनहृयामको ४९ अंक छ ।
    Online Khabar

    No comments

    Like Us