• Trending News

    यूएईले नेपाललाई दियो १७२ रनको लक्ष्य

    काठमाडौं । विश्वकप छनोटको अभ्यास खेलमा यूएईले नेपाललाई १७२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
    टस जितेर पहिले ब्याटिङ गरेको यूएईले २८.५ ओभरमा सबै विकेट गुमाएर १७१ रन मात्र बनाउन सक्यो । उसले पछिल्लो २ ओभरमा मात्र ५ विकेट गुमायो । २९ औं ओभरमा करण केसी एक्लैले तीन विकेट लिएका थिए ।
    उसका अस्फाक अहमदले सर्वाधिक ४२ रन बनाए ।
    नेपालका ललित सिंह भण्डरी एक्लैले ४ विकेट लिए भने करण केसीले ३ विकेट हात पारे । ललित नारायण राजवंशीले २ विकेट लिँदा पारस खड्काले १ विकेट हात पारे ।
    Onlinekhabar

    No comments

    Like Us