• Trending News

    ओलीको निर्देशन : झमझम स्टकोट शैली होइन, दौरा सुरुवाल-साडी चोलोमा आउनुस्

    प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पोशाकमा सर्तक हुन सांसदहरुलाई निर्देशन दिएका छन् ।पार्टी मुख्यालय धुम्बाराहीमा बसेको संसदीय दलको बैठकमा ओलीले पुरुष सांसदहरुलाई दौरा सुरुवाल र महिलालाई साडी चोलो लगाउन निर्देशन दिएका हुन् ।
    ठाउँ र अवस्था अनुसार पहिरन लगाउनुपर्ने भन्दै उनले भने, ‘पूजाआजाहरुमा जाँदा गरगहना लगाए हुन्छ तर, मलामी जाँदा गहना लगाएर गइँदैन ।’
    उनले झमझम स्टकोट शैली नअपनाउन सांसदहरुलाई निर्देशन दिए । संसदका साथै सपथमा पनि दौरा सुरुवाल र साडी चोलो लगाउन सांसदहरुलाई भनेका छन् ।
    साथै लोगो लगाउन आग्रह गरे । उनले भने, ‘बाटामा गाली गर्छ अनि अर्कोले माननीय हो भनेपछि ए माननीय पो भन्ने हुनु भएन । देख्दा लोगो लगाएको हुनुपर्‍यो ।’
    उनले विदेश जाँदा छुट्टी लिएर मात्र जान र जिल्लामा जाँदा सचेतकलाई जानकारी गराउन निर्देशन दिए । साथै संसदमा हाजिर गर्ने टाप ठोक्ने नभई विषयवस्तुको अध्ययन गरेर जाने र बलियो उपस्थिति देखाउन पनि सांसदहरुलाई भनेका छन् ।
    Onlinekhabar

    No comments

    Like Us