• Trending News

    युएईमाथि नेपालको शानदार जित

    आईसीसी विश्वकप छनोट खेल्न जिम्बाबे पुगेको नेपाली टोलीले पहिलो अभ्यास खेलमा युएईलाई ५ विकेटले हराउँदै शानदार जित दर्ता गरेको छ।
    टस हारेर पहिले ब्याटिङ गर्दै युएईले दिएको १७२ रनको लक्ष्य नेपाली टोलीले ४ बल बाँकी छँदै पुरा गर्‍यो।
    नेपालको जितमा शरद भेषावकरले नटआउट ४१ तथा आरिफ शेखले नटआउट २३ रन जोडे।
    यस्तै कप्तान पारस खड्काले ३९ बलमा १ चौकासहित २८ रनको योगदान गरे। ३२ बलमा दीपेन्द्रसिंह ऐरीले आक्रमक पारी खेल्दै ४ चौका र एक छक्कासहित ४१ रनको योगदान दिए।
    खराब सुरुवात गरेको नेपालका ओपनिङ ब्याट्सम्यान दिलीप नाथ ४ तथा ओपनर ज्ञानेन्द्र मल्ल १२ रनमा आउट भए। अनिलकुमार साह ११ रनमा आउट भएका थिए।
    बलिङतर्फ युएईका अमिर हायतले २ विकेट लिए। यस्तै मोहम्मद नाबिद, अहमद राजा र रोहन मुस्ताफालेले १-१ विकेट लिए।
    यसअघि जिम्बावेको क्वेक्वे मैदान ओसिलो भएका कारण २९ ओभरमा घटाइएको खेलमा पहिले ब्याटिङ गरेको युएई २८.५ ओभरमा १ सय ७१ रनमा अलआउट भयो।
    युएईका लागि अस्फक अहमेदले ४२ रन जोडे। यस्तै गुलाम सब्बेरले ३२ रनको योगदान दिए। यस्तै शैनमान अनवारले १६ रन जोड्दा मोहमद उस्मानले २६ रन बनाए। अडनान मुफ्तीले ३७ रन बनाएका थिए।
    बलिङतर्फ नेपालका ललित भण्डारीले ४ विकेट लिए भने करण केसीले ३ विकेट हात पारे। ललित राजवंशी २ विकेट तथा कप्तान पारस खड्काले १विकेट लिए।
    आफ्नो ६ ओभरको स्पेलमा ललितले ४० रन खर्चंदा ४ विकेट हात पारेका थिए। उनको नाममा युएईका कप्तान रोहन मुस्तफा सहित शैमान अनवर, मोहम्मद उस्मान र मोहम्माद बुटाको विकेट रह्यो।
    यसअघि नामिबियामा सम्पन्न आइसीसी विश्वक्रिकेट लिग डिभिजन-२ को नेपाली टोलिमा परेका ललितले डिभिजन-२ प्रतियोगितामा खेल खेल्ने भने मौका पाएका थिएनन्।
    नेपालको बलिंगमा करन केसीले ३ र राष्ट्रिय टोलिबाट आफ्नो पहिलो खेल खेलेका ललित नारायण राजबंशीले २ विकेट हातपारे। ५ ओभरको स्पेलमा ललितले ३० रन खर्चेर २ विकेट हात पारे।
    यसपाली पनि नेपाली ओपनिङ खराब रह्यो। ओपनर ज्ञानेन्द्र मल्लले पहिलो ओभरमा नै ३ वटा चौका प्रहार गर्दै १२ रन जोडे पनि दिलिप नाथले पनि पहिलो बलमानै चौका प्रहार गरे पनि दोस्रो बलमा एलबिडब्लु धरापमा परे। त्यसपछि अनिल कुमार साह र पारस खड्काले नेपालको चेजलाई अघि बढाउँदै तेस्रो विकेटका लागि १८ रनको साझेदारी गरे। तर, व्यक्तिगत ११ रन जोडेका अनिल मोहम्मद नविदको बलमा बोल्ड हुँदै तेस्रो विकेट स्वरूप पभेलियन फर्किए।
    त्यसपछि ब्याटिंग गर्न आएका शरद भेषवाकरले पारससँग चौथो विकेटका लागि ३० रनको साझेदारी गर्दै खेललाई नेपालतर्फ फर्काए। पारसले रोहन मुस्तफाको बलमा आउट हुनुअघि २८ रनको योगदान गरे।
    शरदलाई क्रिजमा साथ दिन आइपुगेका दिपेन्द्र सिंह ऐरीले बिष्फोटक ब्याटिंग गर्दै ३२ बलमा ४ चौका र १ छक्कासहित ४१ रन जोड्दै आउट भए। शरदले खेलमा अविजित ४१ रन बनाए भने अरिफ शेखले अविजित १५ बलमा २ चौका र १ छक्का सहित २३ रन जोडे।
    युएईको बलिंगमा अमिर हयातले दुई विकेट लिएपनि जित दिलाउन विफल रहे।
    दोस्रो अभ्यास खेलमा नेपालले बिहीबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ।
    setopati

    No comments

    Like Us