• Trending News

    वार्इसीएलले देशैभर जनयुद्ध दिवस मनाउने

    १८ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिष्ट लीग (वाईसीएल) नेपालले २३ औं जनयुद्ध दिवस देशैभर मनाउने निर्णय गरेको छ ।काठमाडौंमा बिहीबार बसेको बैठकले देशभरका सबै तहका कमिटीहरु र विभिन्न दश शहरमा केन्दि्रत भएर दिवस मनाउने निर्णय गरेको अध्यक्ष रामप्रसाद सापकोटा दीपशीखाले जानकारी दिए ।‘महान जनयुद्दको २३ औं वार्षिकोत्सव भव्य रुपमा मनाऔं, युवा नेतृत्वको विकाससहित वाम गठबन्धनलाई पार्टी एकतामा बदलौं १’ भन्ने नाराका साथ दिवस मनाउने निर्णय गरिएको अध्यक्ष दीपशीखाले बताए ।
    १० शहरमा दिवसका लागि आयोजित कार्यक्रमको तयारी गर्न इटहरीमापूर्ण भुजेल, वीरगञ्जमा लालेन्द्रकुमार मण्डल, काठमाडौंमा ज्ञानबहादुर गुरुङ्, चितवनमा केहरसिंह कुँवर,पोखरामा विनय थापा, बुटवलमा गंगा कार्की ‘पुजा’, दाङ्मा गणेश शाही, नेपालगञ्जमा रतन शाही, सुर्खेतमा गगनबहादुर मल्ल ‘युनाईटेड’ र धनगढीमा सुरज सिंहलाई जिम्मा दिइएको छ ।
    यस्तै दिवसका अवसरमा पेसिडाँडामा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निमन्त्रणा गरिने अध्यष दीपशीखाले जानकारी दिए ।
    Online Khabar

    No comments

    Like Us