• Trending News

    काठमाडौंका पाँच अस्पतालमा प्रहरी छापा, १४ ‘नक्कली डाक्टर’ पक्राउ


    ५ माघ, काठमाडौं । प्रहरीले काठमाडौंका पाँच अस्पतालमा छापा मारेर १४ जना ‘नक्कली डाक्टर’ लाई पक्राउ गरेको छ । तीन अस्पताल सञ्चालक पनि पक्राउ परेका छन् ।
    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चको समन्वयमा अस्पताल, चाइना गेटवाल, चाइना पिपुल, निजामती अस्पताल, चाइना डेन्टलमा छापा मारेको हो ।
    पक्राउ परेकाहरुको विवरण भने सार्वजनिक गरिएको छैन । मेडिकल काउन्सिलका एक अधिकारीले अनलाइनखबरसँग भने, ‘१२ जना पक्राउ परेका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेकाले विवरण सार्वजनिक गरिएको छैन ।’
    Online Khabar

    No comments

    Like Us