• Trending News

    फूलचोकी जाँदा बेपत्ता भएका विद्यार्थी ६ दिनपछि भेटिए

    १७ माघ, काठमाडौं । हाइकिङका लागि फूलचोकी जाँदा बेपत्ता भएका विद्यार्थी ६ दिनपछि भेटिएका छन् । ललितपुरको धसिखेलको अजय शिक्षा सदनमा अध्ययन गर्ने १७ वर्षीय विद्यार्थी जोन तामाङ ६ दिनपछि फूलचोकीको जंगलमा सकुशल भेटिएका हुन् ।
    अहिले उनको उद्दार गर्न प्रहरी र अभिभावकको टोली त्यसतर्फ गएको छ । अभिभावक संघका पूर्वअध्यक्ष सुप्रभात भण्डारीले अहिले जोनलाई लिन प्रहरीसहितको टोली त्यसतर्फ गएको अनलाइनखबरलाई बताए ।
    ‘जंगलमा झोक्राइरहेको अवस्थामा विद्यार्थी फेला पारिएको सूचना आएपछि हामी त्यसतर्फ जाादैछौं’, उनले भने ।
    उनको खोजीमा नेपाल प्रहरी, नेपाली सेना र अभिभावकको टोली खटिएको थियो ।
    गत बिहीबार विद्यालयका प्रिन्सीपल दुर्गाबहादुर ओलीसहित ११ जना विद्यार्थी हाइकिङमा गएकोमा फर्किने क्रममा उनी बेपत्ता भएका थिए ।
    Online Khabar

    No comments

    Like Us