• Trending News

    सुष्माको ‘बेमौसमी भ्रमण’को सन्देशः ओलीसँग सहकार्य गर्न मोदी आतूर !

    १६ माघ, काठमाडौं । नेपालस्थित भारतीय दूतावासले विदेशमन्त्री शुष्मा स्वराजको दुई दिने नेपाल भ्रमणको तयारीबारे जानकारी सार्बर्जनीक गर्दा नेपालको परराष्ट्र मन्त्रालयसँग यसबारे थप जानकारी थिएन ।
    परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीलाई सोध्दा उनले भने- सामान्य जानकारी आएको हो, तर यो मूलतः राजनीतिक उद्देश्यको भ्रमण भएकाले हामीसँग सीमित सूचनामात्र छन् ।

    आगामी बिहीबार र शुक्रबार दुई दिन भारतीय विदेशमन्त्री स्वराज काठमाडौंमा हुनेछिन् । यद्यपी उनको यो नियमित वा कुनै विजनेस भ्रमण होइन । कुनै औपचारिक द्वीपक्षीय वा त्रिपक्षीय बैठकहरु पनि यसबीचमा छैनन् । तर, पनि नरेन्द्र मोदीको विशेष सन्देश लिएर उनी काठमाडौं आउँदैछिन् ।
    सत्ता परिवर्तनसँग समस्या छैन
    सत्तारुढ भारतीय जनता पार्टीकी वरिष्ठ नेतासमेत रहेकी स्वराजको यो भ्रमण नेपालमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि हुन लागेको सत्ता परिवर्तनसँग जोडिएको छ । वामपन्थी गठबन्धनको सरकार बन्नुअघि नै आफू नयाँ सरकारसँग सहकार्य गर्न इच्छुक रहेको सन्देश दिन मोदीले स्वराजलाई पठाउन लागेको परराष्ट्रका अधिकारीहरुको अनुमान छ ।
    त्यसो त भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पनि यो भ्रमणका क्रममा स्वराजले नेपालका राजनीतिक नेताहरुसँग छलफल गर्ने जनाइएको छ । यसलाई उच्चस्तरीय भ्रमणको संज्ञा साउथ ब्लकले दिइसकेको छ । भारतीय दूतावासनिकट स्रोतका अनुसार नयाँ सरकार गठन हुनुअघि नै भएको स्वराजको यो भ्रमणले मोदीले नेपाललाई उच्च प्राथमिकतामा राखेको सन्देश हो 
    Online Khabar

    No comments

    Like Us